CLI

१ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी भने ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News