CLI

करिब ३ दर्जन मुलुकसँग नेपालको व्यापार नाफामा

काठमाडौं ।नेपालले विदेशिक  व्यपारमा  करिब ३  दर्जन मुलुकसँग नाफा कमाएको छ । नेपालले ३४ वटा  मुलुकसँग नाफा कमाएको हो  । ३४ देशमध्ये सबैभन्दा बढी डेनमार्कसँग व्यापार नाफा कमाएको छ। यस देशसँग नेपालको आयात १६ करोड ७८ लाख २ हजार रुपैयाँको भएको छ। भने निर्यात ८२ करोड १० लाख २५ हजार रुपैयाँको भएको छ।

त्यस्तै, यस देशसँग कारोबार गरेर नेपालले ६५ करोड ३२ लाख २३ हजार रुपैयाँको नाफा कमाएको छ। चालू आवको १० महिनामा नेपालबाट डेनमार्कमा ग्रीन टी, कालो चिया (फर्मेन्टेड/प्रशोधित) र आंशिक रुपमा फर्मेन्टेड गरिएको चिया निर्यात हुने गरेको भन्सार विभागको तथ्याङ्कले जनाएको हो।  यता डेनमार्कबाट भने डायपर धेरै आयात भएको छ। चालू आवमा ५७ हजार ६३२ वटा आयात भएको छ।

दोस्रोमा, नर्वे रहेको छ। यस मुलुकसँग व्यापार ५ करोड ९० लाख ९५ हजार रुपैयाँ नाफामा रहेको छ। यस मुलुकबाट ८ करोड ८ लाख रुपैयाँको आयात हुन्छ भने १३ करोड ९८ लाख ९५ हजार रुपैयाँको निर्यात भएको छ।

काँक्रो, बोडी, सिमी तथा भटमासजस्ता तरकारीहरु निर्यात हुने गरेको छ। नर्वेबाट नेपालमा काटिएको ग्रेनाइट, तयार पारिएको वा संरक्षित गरिएको साल्मन माछा, ट्यान्टलमबाट बनेका स्थिर विद्युतीय क्यापेसिटरहरु आयात भएको छ।

लाटभियाबाट २ करोड ८२ लाख ३७ हजार रुपैयाँको निर्यात भएको छ। आयात भने २ करोड ४१ लाख ७२ हजार रुपैयाँको भएको छ। व्यापार नाफा भने ४० लाख ६६ हजार रुपैयाँको भएको छ। १० महिनामा नेपालबाट पास्ताहरु, अचार, ऊन वा मसिना जनावरका रौंहरुबाट बनेका सल, पछ्यौरी, गलबन्दी, मन्टिला, घुम्टो आदि निर्यात हुने गरेको छ।सबैभन्दा बढी मौरिससमा पास्ताह निर्यात भएको छ। १० महिनामा २७ हजार ५२२ किलोग्राम निर्यात हुँदा यसको लागत ९८ लाख ५ हजार रुपैयाँको निर्यात भएको हो।

मालीसँग भने व्यापार ३७ लाख ८५ हजार रुपैयाँ नाफामा रहेको छ। १० महिनामा यो देशबाट ३२ हजार रुपैयाँको आयात भएको छ। निर्यात भने ३८ लाख २6 हजार रुपैयाँको भएको छ। मुलुकलाई ३७ लाख ८५ हजार रुपैयाँको नाफा भएको छ। नेपालबाट मालीमा सुती (कपास) बाट बनेका महिला वा केटीहरुका ट्राउजर, ब्रिचिज निर्यात भएको छ।

त्यस्तै, रोमानिया, अमेरिकी सामोआ, आइसल्याण्ड, नाइजर, इराक, न्यु क्यालेडोनिया, सेशेल्स, माल्दिभ्स, फिजी, केम्यान टापुहरु, उरुग्वे, जर्जिया, साइप्रस, कोलम्बिया, मौरिसस, क्रोएसिया, घाना, कंगो, बहामास, बार्बाडोस,  किर्गिजस्तान र सोमालिया लगयतका  देशसँग मुलुकको व्यापार नाफामा रहेको छ।

Leave Your Comment

Related News