CLI

चिरख्वा हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले रु.१०० अंकित दरका ४०,००,००० कित्ता शेयरले हुन आउने रकम रु.४०,००,००,००० (अक्षरेपी चालिस करोड रुपैंया मात्र) को १ः१ बराबरको अर्थात रु.१०० दरका ४०,००,००० कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि  २०८३ जेठ ६ गतेका दिन आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा चिरख्वा हाइड्रो पावर लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भयो ।

सो सम्झौता–पत्रमा चिरख्वा हाइड्रो पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष  दीपक राई र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

Leave Your Comment

Related News