CLI

संसदको दुबै सदनको बैठक बस्दै प्रतिनिधिसभाको कार्यसूची यस्तो छ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको  बैठक दिनको ११ बजे बस्नेछ  बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र निर्णय हुने संसद सचिवालयले जारी गरेको संभावित कार्यसूचीमा उल्लेख छ ।  आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पाण्डेले “पर्यटन विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा गृह मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय बिधि बिधान प्रयोगशाला(स?तापना र सञ्चालन ) विधयेक,२०८१ लाई दफावार छलफलमा भन्ने प्स्ताव पेश गर्नेछिन् त्यसैगरी  “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” माथिको दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्तावसमेत पेश हुने उल्लेख छ।

यस्तै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधिसभामा प्रस्तुत गरिने कार्यसूची रहेको संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

Leave Your Comment

Related News