काठमाडौं । नेपाल सरकारबाट समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरुको नामावली सार्वजनिक गरिएको छ । ग्रस्त सहकारी व्यवस्थापन समितिको निर्णय बमोजिम नामावली सार्वजनिक गरिएको हो ।
समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएकोमा, साविकमा ऋण चुक्ता गरिसकेका तर ऋणीहरुको नामावलीमा नाम सार्वजनिक भएका ऋणीहरुले सप्रमाण उपस्थित हुन र ऋण नतिरी बसेका ऋणीहरुले यस समितिको कार्यालयमा सम्पर्क गरी यथाशिघ्र ऋण चुक्ता गर्ने निर्देशन दिएको छ ।
सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।


