काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले सोमबार एक सूचना जारी गर्दै विगतमा सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरूको विवरण बाहिर ल्याएको हो।
विवरण सार्वजनिक गरिएका संस्थाहरूमा विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन्।
तोकिएको समयसीमा भित्र ऋण चुक्ता नगरेमा कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाई रकम असुलउपर गरिने ब्यहोरा समितिद्वारा जारी सूचनामा उल्लेख छ।


