काठमाडौं । नेपली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला १ हजार ३ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपेयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५० रुपेयाँ थियो ।


