CLI

दार्चुलाका नागरिकले सीमा अतिक्रमण र राज्यको उपेक्षा सँगै सहनुपर्‍यो: रास्वपा सांसद कठरिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले दार्चुलाका नागरिकले सीमा अतिक्रमण र आफ्नै राज्यको उपेक्षा सहनुपरेको बताएकी छन् । मंगलबार  बसेको प्रतिनिधिसभा बैठकमा उनले दार्चुला आधारभूत सेवाबाट वञ्चित भएको उल्लेख गरिन् ।

“आज पनि त्यहाँका नागरिक सडक, स्वास्थ्य, खानेपानी र सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित छन्,” उनले भनिन्, “एकातिर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको अतिक्रमणको पीडा छ भने अर्कोतिर आफ्नै राज्यको उपेक्षा सहनुपरेको छ ।”

सीमामा बस्ने नागरिकलाई पछाडि पारिएको उनले गुनासो गरिन् । दार्चुलालाई विशेष जिल्ला घोषणा गरी बजेट व्यवस्था गर्न उनले माग गरिन् ।

“आगामी वर्षको बजेटमा दार्चुलालाई विशेष जिल्ला घोषणा गर्दै विशेष बजेट व्यवस्था गर्न जोडदार माग गर्दछु । आफ्नैले हेपेपछि छिमेकीले हेप्ने साहस गर्छन्,” उनले भनिन् ।

Leave Your Comment

Related News