काठमाडौं । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् ।
यो सँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएका छन् ।


