CLI

रिलायन्स स्पिनिङ्ग मिल्सले म्युचुअल फन्डलाई छुट्याएको सेयरको लक-इन अवधि असार १८ गते सकिंदै

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको साधारण सेयरको लक-इन (Lock-In) अवधि २०८३ असार १८ गते समाप्त हुने भएको छ ।

कम्पनीको जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत बराबर १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयरमध्ये सर्वसाधारणका लागि ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्काशन गरिएको थियो ।

उक्त सार्वजनिक निष्काशनमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्टयाएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

म्युचुअल फन्डहरुको लक इन सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म हुन्छ ।  सोही अनुसार आगामी २०८३ असार १८ गतेपछि सामूहिक लगानी कोषहरुले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

Leave Your Comment

Related News