काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् ।
बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक सर्वेक्षण पेस गर्न लागेका हुन् ।


