काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
सर्वेक्षण अनुरुप नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ।


