CLI

लघु जीवन बीमा कम्पनीले वैशाखसम्म ९६ करोड बीमा शुल्क आर्जन

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले वैशाखसम्म ९६ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीनवटा लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा कुल ८ लाख २९ हजार २११ वटा बीमालेख जारी गरी सो रकम आर्जन गरेका हुन्।

सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ। यस इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा १ लाख ४९ हजार ८९९ वटा बीमालेख बिक्री गर्दै ३४ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो।

दोस्रो स्थानमा रहेको क्रेष्ट माइक्रो लाइफले वैशाख मसान्तसम्ममा  ३२ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले वैशाख महिनामा मात्र ६३ हजार ८९३ वटा बीमालेख बिक्री गर्दै ४ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, लिबर्टी माइक्रो लाइफले भने २६ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यसले वैशाखसम्म कुल ३ लाख ८९ हजार ७७५ वटा बीमालेख बिक्री गरेको छ।

Leave Your Comment

Related News