CLI

सरकारी वित्त ५८ अर्बले घाटामा

काठमाडौं । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित रहेका छन्। यस अवधिमा संघीय सरकारको राजस्वमा सामान्य वृद्धि भएको छ। संघीय खर्च बढे पनि पूँजीगत खर्चमा सुधार हुन सकेको छैन।

सरकारको बजेट घाटा बढेको छ भने राजस्व बचत घटेको छ। यस अवधिमा संघीय सरकारको वित्त सन्तुलन रु. ५८ अर्ब १ करोडले घाटामा रहेको छ। साथै गत आर्थिक वर्षको सोही अवधिमा बचतमा रहेको प्राथमिक सन्तुलन यस अवधिमा रु. ९ अर्ब ३९ करोडले घाटामा रहेको छ। २०८२ फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु. २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ।

आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन सार्वजनिक वित्तीय क्षेत्रलाई सुदृढ बनाउन “तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७)” र “वित्तीय क्षेत्र विकास रणनीति” कार्यान्वयनमा आएका छन्। स्रोत सुनिश्चितता र सहमति प्रदान गर्ने कार्यलाई परिपक्व बनाउन “बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड, २०८२” समेत कार्यान्वयनमा आएको छ। बजेट तर्जुमाको समयसीमा, कोष व्यवस्थापन र विद्युत् प्रणालीमार्फत रकम फिर्ता गर्ने विषयलाई व्यवस्थित गर्न “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७” संशोधन भएको छ।

 

Leave Your Comment

Related News