काठमाडौं । राष्ट्रिय मानवअधिकार अयाोगले भदौ २३ गते भएको नवयुवा (जेनजी) प्रदर्शन शान्तिपूर्ण भनिएको प्रदर्शनलाई लिएर प्रश्न उठाएको छ । बुधबार आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । आयोगले आफनो प्रतिवेदनमार्फत् भनि प्रश्न गरेको छ ।

२०८२ साल भाद्र २३ गते लगभग ९ बजेतिर जेनजीका अगुवा भनिने आव्हानकर्ताहरू रक्षा बि., जस्टिन ओझा लगायतको समूह पुगेपछि काठमाडौंपछि नेपाली सुदन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवकहरूको व्यवस्था, ३ वटा एम्बुलेन्स, हाइकिङ लगायतको व्यवस्था गरेको देखिन्छ। त्यहाँ रक्षा बि., जस्टिन ओझा लगायतका समूहले सुदन गुरुङसँग केही समय विवाद गरी सुदन गुरुङलाई प्रदर्शनबाट फर्कन समेत आग्रह गरेको देखिन्छ।
माइती घर ध्वस्त भएपछि जम्मा भई शान्तिपूर्ण प्रदर्शन गर्ने भनी जम्मा भएका प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ प्रहरीको ब्यारिकेड तोड्दै किन अघि बढे? कसको नेतृत्वमा गए? शान्तिपूर्ण प्रदर्शन हो भने प्रदर्शन सुरु हुनुअगावै प्रदर्शन स्थलमा प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवकहरू, ३ वटा एम्बुलेन्सको व्यवस्था किन गरिएको थियो? आयोगले आफनो प्रतिवेदनमार्फत् भनि प्रश्न गरेको छ ।
आयोगका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति लिने निवेदकहरूले स्पष्ट र ठोस जवाफ दिन सकेको पाइएन। प्रहरीको ब्यारिकेड तोडेर बानेश्वर हुँदै संसद भवनतर्फ अघि बढेपछि प्रदर्शन उग्र र हिंसात्मक भएको तथा गलत तत्वको घुसपैठ भएको भन्ने विवरण संलग्न सुरक्षा फौजका पदाधिकारीहरूको बयानबाट देखिन्छ।
गलत तत्वको घुसपैठ भएको भन्ने जानकारी पाएपछि आयोजकहरूले त्यस्तो घुसपैठ रोक्नका लागि के कस्ता प्रयास वा गतिविधि गरे भन्ने कुरा पनि कतै स्पष्ट भएको देखिँदैन।


