CLI

९ महिनामा मन्त्रालय र संवैधानिक निकायहरुले कति गरे खर्च ? (विस्तृतमा)

काठमाडौं । अर्थ मन्त्रालयले संघीय सरकार तथा मन्त्रालयहरु र संवैधानिक निकायले नौ महिनाको अवधिमा साढे १० खर्ब खर्चं गरेको जनाएको छ । मन्त्रालयले मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त खर्च गरेको जनाएको हो । जसमा संघीय मन्त्रालयका साथै प्रदेश र स्थानीय तहको समेच खर्च राखिएको छ ।

मन्त्रालयले बिहीबार मन्त्रालयहरुको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । मन्त्रालय तथा संवैधानिक नियकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० खर्ब ५१ अर्ब ८ करोड २२ लाख खर्च गरेका छन् । चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा उक्त रकम खर्च भएको हो । गत आवमा १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन भएकोमा ९ महनिामा १५ खर्ब १३ अर्ब २४ करोड खर्च गरिएको थियो ।

Leave Your Comment

Related News