CLI

६ खर्ब २५ अर्ब वैदेशिक लगानी स्वीकृत,लगानी स्वीकृतमा चीन पहिलो र भारत दोस्रो

काठमाडौं । नेपालमा वैदेशिक लगानी निरन्तर आएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार गत फागुन मसान्तसम्म नेपालका ७ हजार ९ सय ५१ वटा परियोजनामा कुल ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

यस लगानीमा छिमेकी मुलुक चीनको हिस्सा सबैभन्दा बढी देखिएको छ, जसको हिस्सा कुल स्वीकृत लगानीको ४८.० प्रतिशत अर्थात् ३ खर्ब ३९ करोड रुपैयाँ रहेको छ भने परियोजना संख्याका आधारमा पनि ४५.५ प्रतिशत  आर्थात ३ हजार ६ सय १७ वटा परियोजना सहित चीन अग्रस्थानमा छ।

चीनपछि नेपालमा लगानी गर्ने दोस्रो ठूलो मुलुक भारत हो, जहाँबाट कुल स्वीकृत वैदेशिक लगानीको १७.९ प्रतिशत अर्थात् १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ आएको छ र परियोजना संख्याका आधारमा भारतको हिस्सा ११.९ प्रतिशत  आर्थत ९ सय ४५  परियोजना  रहेको छ।

चीन र भारतबाहेक नेपालमा लगानी गर्ने अन्य प्रमुख  मुलुकहरूमा क्रमशः हङ्गकङ्गले ५.० प्रतिशत (३१ अर्ब ४२ करोड), दक्षिण कोरियाले ४.२ प्रतिशत (२६ अर्ब ४५ करोड), अमेरिकाले ३.६ प्रतिशत (२२ अर्ब २९ करोड), संयुक्त अधिराज्यले २.५ प्रतिशत (१५ अर्ब ७८ करोड), ब्रिटिश भर्जिन टापुले १.८ प्रतिशत (११ अर्ब ६ करोड), सिङ्गापुरले १.५ प्रतिशत (९ अर्ब ६१ करोड), स्पेनले १.२ प्रतिशत (७ अर्ब ७२ करोड) र क्यानाडाले ०.७ प्रतिशत (४ अर्ब ५१ करोड) बराबरको लगानी भित्र्याएका छन् भने बाँकी अन्य विभिन्न मुलुकहरूबाट १३.५ प्रतिशत अर्थात् ८४ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।

 

Leave Your Comment

Related News