काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट बताएका हुन् ।
चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।
बजेट खर्च धान्न राजस्वबाट १४ खर्ब ५ अर्ब, वैदेशिक ऋण २ खर्ब ४७ अर्ब, वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र आन्तरिक ऋण ४ खर्ब १० अर्ब उठाउने उल्लेख छ।


