CLI

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं । सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को दुवै सदनलाई आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आयुर्वेद क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने बताएका हुन्।

उनले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरास्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्ने बताएका हुन् । यसैगरी, हाइअल्टिच्युड सिकनेस उपचार सेवा विस्तार गरिने नीति सरकारले लिएको छ । सरकारले भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउन सघन तयारी गरेको छ । उच्च मूल्यका पर्यटकलक्षित रिसोर्ट तथा होटल निर्माण र सञ्चालकलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरिएको छ ।

पर्यटन गतिविधिलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकमा विविधिकरण गर्ने लक्ष्य सरकारले राखेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि कुल रु १० अर्ब २७ करोड विनियोजन गरेको छ ।

Leave Your Comment

Related News