CLI

तीन दूतावास र दुई महावाणिज्य दूतावास खारेज

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले विदेशस्थित नेपालका तीन दूतावास, दुई महावाणिज्य दूतावास र भारतको दिल्लीस्थित नेपाली दूतावासको शाखा विशाखापटनमा रहेको कार्यालय खारेज गर्ने निर्णय गरेको छ । डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास, चीनको छेङ्दु र अमेरिकाको सानफ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास खारेज गरिएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी दूतावास र महावाणिज्य दूतावास खारेज गर्ने निर्णय गरिएको जानकारी दिए।

Leave Your Comment

Related News