काठमाडौं । सरकारले जंक फुडमा करका दर हेरफेरक गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि तयार गरको आर्थिक विद्येयक २०८३ मार्फत् कुरकुरे, कुरमेर, लेज र चिजवलमा प्रतिकिलो ७५ रुपैयाँको दरले अन्तशुल्क तोकेको छ ।
करको दर हेरफेर गर्ने क्रममा पापड, विस्कुट लगायतका बेकरी सामग्री समेत रहेको छ । पापडमा ५ , विस्कुटमा २२, केक, कुकिज र पेष्ट्रीमा २२ र पाउरोटीमा २२ प्रतिशत अन्तशुल्क तोकेको छ । रोटीहरुमा २२ प्रतिशत, गुलिया बिस्कुटहरु, वेफलहरु वेफरहरुमा पनि २२ प्रतिशत अन्तशुल्क तोमिएको छ । त्यस्तै पिज्जामा १५ प्रतिशत अन्तशुल्क तोकिएको छ ।
कुरकुरे, कुरमेर, लेज र चिजवल जस्ता वस्तुहरु स्वास्थ्यको लागि उपयुक्त मानिदैन ।


