RE
Global College

पुँजीगत लाभकर अन्तिम भएको अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारमा लाग्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) अन्तिम करका रूपमा कायम रहने स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकर अन्तिम कर होइन भन्ने आशयका समाचार केही सञ्चारमाध्यममा आएकोप्रति असन्तुष्टि जनाउँदै उक्त कर अन्तिम नै भएको दोहोर्‍याए।

“फाइनल नै हो हजुर फाइनल नै हो,” उनले भने, “केही सञ्चारमाध्यमले फाइनल होइन रहेछ भनेर लेखे, तर पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम छ।”

उनले लगानीकर्ताका प्रतिनिधिहरूले समेत करको दर केही बढाएर भए पनि यसलाई स्थायी र स्पष्ट व्यवस्था गर्न आग्रह गरेको बताए। उनका अनुसार सेयर बजारमाथि करसम्बन्धी अन्योल सधैं झुन्डिरहेको गुनासो गर्दै लगानीकर्ताहरूले दर बढे पनि अन्तिम करको व्यवस्था स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।

उनले ४० लाख रुपैयाँसम्बन्धी व्यवस्थाबारे अनावश्यक भ्रम फैलिएको टिप्पणी गर्दै उक्त सीमाले सेयर बजारका लगानीकर्तालाई प्रभाव नपार्ने बताए।

NECO

Leave Your Comment

Related News