CLI

२६.७२ अंकले घट्यो नेप्से,कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.७२ अंकले घटेको छ । बजार २७५५.३७ विन्दुमा पुगेर बन्द भएको छ । ३४९ वटा कम्पनीको ६३ हजार ७१९ पटक्को कारोबार १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम विहीबारको तुलनामा बढेको छ । कारोबार रकम ४१ करोड ५७ हजारले घटेको छ । विहिबार  कारोबार रकम ६ अर्ब ३ करोड रुपैयाँ थियो  ।

सेन्सेटिभ इण्डेक्स १.०० अकं, फ्लोट इण्डेक्स ०.७७ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.७३ अंकले बढेको छ  ।

११ उप समूह बढेका छन भने २  उप समूह घटेको छ। बैंकिङ ०.९९ प्रतिशत,विकास बैंक ०.८१, वित्त ०.५०, होटल्स तथा पर्यटन समूह १.४०,जलविद्युत १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन र प्रशोधन १.४२, लघुवित्त ०.९०, म्युअुचल फण्ड ०.९१ र व्यापार समूह ६.१४  प्रतशतले  घटेका छन् । निर्जीवन बीमा १.३७ र अन्य समूह ०.७३ प्रतिशतले बढेका छन् ।

यस दिन २ कम्पनीको सेयर १५ प्रतिशतले बढेको छ । कलिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर १५ प्रतिशतले बढेको हो। बुंगल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्सको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News