CLI

एनएमबी बैंक म्युअचल फण्ड ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता दोस्रो बजारमा कारोबार हुदै

काठमाडौं । एनएमबी बैंक एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयर २५ प्रतिशत,  ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता धितोपत्रको दोस्रो बजारमा कारोबार हुने भएको छ । बुधबारदेखि एनएमबी बैंकको ‘एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयर २५ प्रतिशत’ दोस्रो बजारमा कारोबार हुने भएको हो ।३ अर्ब चुक्ता पुँजी भएको ‘एनएमबीपीएनपी’ म्युअचल फण्डको ३ करोड कित्ता शेयर दोस्रो बजारमा कारोबार हुन लागेको हो ।

मंगलबार उक्त शेयर नेप्सेमा सूचीकरण भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारका अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ता बिच मात्र खरिद विक्री हुने छ ।

सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल,  धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर लगाएत)  र सामुहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिद विक्री  गर्न नहुने व्यवस्था रहेको  छ ।

Leave Your Comment

Related News