काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चार वटा निर्णयहरु गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।
यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु :
१. संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रम (युएनइपी) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी Moteral Protocal को कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने । ।
२. सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।
३. संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने ।
४. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला, कास्की तथा सदस्य पदमा श्री अमिर प्रसाद न्यौपाने, काठमाडौं, श्री पद्मिनी सोती, लमजुङ र डा. रेहना श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने ।


