CLI
Global College

नेप्से २२.२१ अंकले बढ्यो, कारोबार रकममा गिरावट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.२१ अंकले बढेको छ । बजार २७७७.५८ विन्दुमा पुगेरा बन्द भएको छ । ३४६ वटा कम्पनीको ६१ हजार ५२७ पटक्को कारोबार १ करोड १३ लाख ८३ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम सोमबारको तुलनामा घटेको छ । सोमबार कारोबार रकम ५ अर्ब ३१ करोड रुपैयाँ थियो  ।

सेन्सेटिभ इण्डेक्स ०.९८ अकं, फ्लोट इण्डेक्स ०.३४ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.२३ अंकले बढेको छ  ।

यस दिन १२ उप समूह बढेका छन् भने १ वटा घटेको छ । बैंकिङ ०.४१ प्रतिशतले,विकास बैंक ०.५९, वित्त ६.०३, होटल्स तथा पर्यटन समूह ०.१२, जलविद्युत ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, लघुवित्त ०.४०, म्युअुचल फण्ड ०.२९, निर्जीवन बीमा १.०२, अन्य समूह ३.८४ र व्यापार समूह १.१३ प्रतिशतले बढेका छन्। उत्पादन र प्रशोधन ०.४२ प्रतिशतले घटेको छ ।

यस दिन कालिन्चोक हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको १३.६७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १०.५७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्सको २६ करोड  ७८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २६ करोड ५ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News