CLI

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमारका तीन जना आप्रवासीको मृत्यु

म्यानमार । म्यानमारको गृहयुद्धमा प्रयोग गरिएको ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा तीन जना म्यानमाका आप्रवासीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थाई प्रहरीले बुधबार जनाएको छ ।

थाई अधिकारीहरूले म्यानमारको करेन राज्यको विपरीत टाक प्रान्तमा विस्फोट भएको खबर प्राप्त भए पछि घटना स्थलमा पुगेको स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुङ्कोङलाई उदृत गर्दै एएफपीले बताएको छ ।

आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तिनीहरू सबै म्यानमाका आप्रवासी कामदारहरू रहेको प्रहरीले पुष्टि गरेको छ ।
ड्रोन विस्फोट हुनु अघि सीमामा रहेको रूखमा ठोक्किदा नजिकैको खेतमा काम गर्ने मजदुरहरूको मृत्यु भएको अनुसोर्नले बताए ।
आक्रमणमा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको उनले बताए ।
सन् २०२१ को विद्रोहमा सेनाले सत्ता कब्जा गरे देखि म्यानमाका सशस्त्र सेनाहरू प्रजातन्त्र समर्थक गुरिल्ला र शक्तिशाली जातीय–अल्पसंख्यक सशस्त्र समूहहरूसँग लडिरहेका छन् ।

म्यानमारको सीमावर्ती क्षेत्रमा विभिन्न जातीय–अल्पसंख्यक गुटहरूको वसोवास स्थल हो, जसमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट देश स्वतन्त्रता भए देखि स्वायत्तता र आकर्षक प्राकृतिक स्रोतहरूको नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् ।

सैन्य र जातीय सेना दुवैले युद्धमा ड्रोन प्रयोग गर्ने गरेको उल्लेख गर्दै थाई क्षेत्रमा विस्फोट भएको उक्त ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने बारे अझै स्पष्ट नभएको जनाएका छन् ।

विद्रोही गुटहरूले राज्यको धेरै भाग नियन्त्रणमा राखेका छन् भने मङ्गलबार सेनासँग भएकोे लडाइँले म्यानमारका धेरै मानिसहरूलाई सीमा पार गरेर थाइल्यान्डमा पलायन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 

Leave Your Comment

Related News