काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संचालनमा ल्याइएको विद्युतीय खरिद प्रणाली अत्याधिक चाप परेको छ ।
कार्यालयका अनुसार विद्युतीय खरिद प्रणालीमा अत्याधिक चाप बढ्न गई प्रणालीमा प्रयोगकर्ताहरुको पहुँच हुन नसकेको हुँदा विद्युतीय खरिद प्रणाली संचालन निर्देशिका, २०८० को दफा ११ को उपदफा १ को खण्ड (ग) बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली व्यवस्थापक मार्फत बोलपत्रको म्याद थप गरिएको छ ।
यो सँगै सम्पुर्ण बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउपत्रको अनलाइन म्याद बिहीबारसम्म थप गरिएको हो ।



