काठमाडौं । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ।
भेटवार्तापछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ” नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा पूर्ण रूपमा सहमत छु।”
प्रधानमन्त्री मोदीले भारतको विदेश नीतिको प्राथमिकता समेत उल्लेख गरेका छन। “हाम्रो ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीति अन्तर्गत नेपाल एक प्राथमिकताको साझेदार हो र हाम्रा दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,” मोदीले भने।



