काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६६ अंकले बढेको छ । बजार २७८०.२५ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४७ वटा कम्पनीको ६२ हजार १४८ पटक्को कारोबार १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कारोबार रकम मंगलबारको तुलनामा ४७ करोड २९ लाखले बढेको छ । मंगलबार कारोबार रकम ५ अर्ब २६ करोड ५२ रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स १.९३ अकं, फ्लोट इण्डेक्स ०.४१ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.६१ अंकले बढेको छ ।
यस दिन ७ वटा उप समूह बढेको छ भने ६ वटा घटेको छ । विकास बैंक ०.६६ प्रतिशत , होटल्स तथा पर्यटन समूह ०.१८, जीवन बीमा १.७३, उत्पादन र प्रशोधन ०.४२,लघुवित्त ०.४५, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा ३.३७, प्रतिशतले बढेका छन्। बैंकिङ ०.४१ प्रतिशत, वित्त ०.६६, जलविद्युत ०.११, लगानी ०.२०, अन्य समूह २.३६ र व्यापार समूह ०.२४ प्रतिशतले घटेको छ ।
यस दिन कालिञ्चोक हाइड्रोपावर १५ प्रतिशतले बढेको छ। त्यस्तै, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ १४.९३ प्रतिशत बढेको छ भने विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.७३ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड २३ लाख ७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्सको २१ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।


