काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित ग्रेट वाल मोर्टस ,Great Wall Motors(GWM) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल GWM ले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय SUV सार्वजनिक गर्ने संकेत दिएको छ। कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय SUV मा करिब ५२० किलोमिटरसम्मको Driving Range, Smart Digital Technology, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक Driving Experience प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। यसका साथै आकर्षक डिजाइन, Premium बाह्य संरचना, विशिष्ट Lighting Signature तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ।
विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक Coating Technology युक्त बाह्य सतहले सानातिना Scratches हरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ। यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
GWM ले विश्व बजारमा Electric Mobility, Smart Connectivity, सुरक्षित यात्रा तथा User-Centric Innovation मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ। यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकहरूले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच GWM को आगामी विद्युतीय SUV लाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। Premium Design, Advanced Technology, उत्कृष्ट Performance तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय SUV ले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।
प्रमुख विशेषताहरू
• ५२० किलोमिटरसम्मको प्रभावशाली Driving Range
• 360° Surround View Camera र Blind Spot Monitoring सहितको आत्मविश्वासी Driving Experience
• ७ Airbags द्वारा सुरक्षित यात्राको सुनिश्चितता
• 180° Transparent Chassis View Technology सहित थप सहज, सुरक्षित तथा गाडीमुनिको दृश्यसमेत अवलोकन गर्न सकिने सुविधा
• उद्योगकै अग्रणी AEB र MEB सुरक्षा प्रविधिद्वारा दुर्घटना न्यूनीकरणमा सहयोग
• विश्वका १७० भन्दा बढी देशको अनुभवबाट निर्मित विश्वस्तरीय Engineering
• २० भन्दा बढी Advanced Intelligent Driver Assistance (ADAS) सुविधाहरू
• भविष्यको अनुभव दिलाउने Smart Cockpit
• Coffee OS 3.0 AI System द्वारा सञ्चालित बुद्धिमान प्रविधि
• One-Touch Control मार्फत सहज तथा झन्झटरहित सञ्चालन
• Ventilation सुविधासहित ६–तरिकाले विद्युतीय रूपमा समायोजन गर्न मिल्ने Premium Driver Seat
• पाँच–स्तरीय Battery Safety System — थप सुरक्षा, थप विश्वास
• सहरदेखि राजमार्गसम्म, हरेक यात्राका लागि ४ Smart Driving Modes


