काठमाडौं । परराष्ट्र मन्त्रीशिशिर खनाल आजदेखी भारत भ्रमणमा जान लागेका छन् । उनी भारतका विदेश मन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा जेठ २२ देखी २४ सम्म भारत भ्रमणमा जान लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतका विदेश मन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भेटमा दुवै पक्षबीच व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा र जनस्तरको सम्बन्धलगायतका प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उच्च स्तरीय भ्रमणको नियमित आदानप्रदानको एक भागको रूपमा हुने यस भ्रमणले नेपाल र भारतबीचको दिगो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


