काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ५५ रुपैयाँले गटेको छ । चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपेयाँ थियो ।


