काठमाडौं । शुक्रबार सेयर बजार घटेको छ । शुक्रबार ११.३७ अंकले घटेर नेप्से परिसूचक २७५५.४१ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले घटेर ४७१.९९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.६२ अंकले घटेको हो ।
यसदिन ३५१ वटा कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख पुगेको छ । जुन विहीबरको तेलनामा ९२ करोड १७ लाखले बढी हो । विहीबार ४ अर्ब ७० करोड ३३ लाख कारोबार रकम रहेको थियो ।
१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
यसदिन ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ९८ रुपैयाँ ८० पैसा बढेर ७५७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सिटि होटलको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।


