CLI

सीजी र शेष घलेको लगानीमा राजधानीमा तीनवटा पाँचतारे होटल सञ्चालनमा ल्याइने

काठमाडौं । व्यवसायिक घरनाहरुले काठमाडौंम तीनवटा पाँचतारे होटल सञ्चालनमा ल्याउने भएका छन्। होटल सञ्चालनका लागि विदेशी व्यवस्थापनसँग सम्झौता गरेका छन्।

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

दुवै होटल आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइने भएको छ।

यस्तै नेपाली मूलका अस्ट्रेलियन व्यवसायी शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको होटलसँग अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’सँग सम्झौता गरेका छन्।

‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ बीच भएको नयाँ सम्झौतासँगै काठमाडौंमा विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्डहरूको प्रवेश हुने भएको छ। सम्झौताअनुसार सञ्चालनमा आउने नयाँ होटल परियोजनाबाट म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ कोठा थपिनेछन्।

सम्झौताअनुसार म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबल पहिलोपटक नेपालको राजधानी काठमाडौंमा सञ्चालनमा आउनेछन्। दुवै होटल सन् २०३१ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सीजी हस्पिटालिटी ग्लोबलको हस्पिटालिटी क्षेत्रको प्रमुख व्यावसायिक इकाइ हो। चौधरी ग्रुप र म्यारियट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न आतिथ्य तथा पर्यटन परियोजनामा लामो समयदेखि सहकार्य रहँदै आएको छ। नयाँ सम्झौताले दुई कम्पनीबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

परियोजना सम्पन्न भएपछि काठमाडौंमा उच्चस्तरीय अन्तर्राष्ट्रिय होटल पूर्वाधार विस्तार हुनुका साथै लक्जरी पर्यटन, विदेशी लगानी तथा रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै विश्वका प्रतिष्ठित होटल ब्रान्डहरूको आगमनले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी र आकर्षक बनाउने विश्वास गरिएको छ।

नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यसहित तीन अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड सञ्चालनमा ल्याउने सम्झौता भएको छ।म्यारियट इन्टरनेसनल र सीजी कर्प ग्लोवलबीच नेपाल र भारतमा नयाँ होटल परियोजना सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

 

शेष घलेले बैभन्दा लक्जरी ब्राण्ड नेपाल भित्र्याउने र होटल २०२६ को अक्टोबरदेखि सञ्चालनमा आउने जनाइएको छ। घलेले काठमाडौंको केशरमहल क्षेत्रमा निर्माणाधीन होटलका लागि म्यारियट समूहअन्तर्गतको प्रतिष्ठित लक्जरी ब्रान्ड म्यारियटको द लक्जरीसँग पनि साझेदारी गरेका छन्। घलेले यसअघि नेपालमा हालसम्मकै सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर नेपालमा महँगा पर्यटकलाई ल्याउने घोषणा गरेका थिए। सबैभन्दा लक्जरी ब्राण्ड ल्याएर धेरैभन्दा धेरै खर्चालु पर्यटक नेपालमा ल्याउने चाहनाअनुसार म्यारियटको द लक्जरीसँग सम्झौता गरेको जनाइएको छ।

डेभिड म्यारियटले सीजी कर्प ग्लोबलसँगको सम्बन्ध थप सुदृढ भएको बताउँदै नयाँ परियोजनाले लगानीकर्ता, कर्मचारी र पर्यटक सबैका लागि लाभदायी अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले नेपालको प्राकृतिक सौन्दर्य, आतिथ्य संस्कृति तथा पर्यटन सम्भावनाको प्रशंसा गर्दै देशको पर्यटन पूर्वाधार विकासमा म्यारियट प्रतिबद्ध रहेको बताए।

सीजी हस्पिटालिटीका अध्यक्ष विनोद चौधरी तथा सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीसँगको दीर्घकालीन सहकार्यले दक्षिण एसियाको पर्यटन अर्थतन्त्रलाई थप मजबुत बनाउने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रममा राहुल चौधरीले विश्वका प्रतिष्ठित होटल ब्रान्डहरूको नेपाल आगमनले देशको पर्यटन तथा हस्पिटालिटी क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास झल्काएको बताए। उनका अनुसार सीजी र म्यारियटबीचको सहकार्य विस्तार हुँदै गएको छ र आगामी वर्षहरूमा भारत, नेपाल तथा अन्य मुलुकमा पनि संयुक्त परियोजनाहरू अघि बढाइनेछन्।

नेपालमा सञ्चालन हुन लागेका यी परियोजनाहरूमा सीजी डेभलपर्ससँगै आईजी ग्रुप, आईसीजी ग्रुप, शर्मा कन्स्ट्रक्सन, एमएलई ग्रुप तथा एमएलए ग्रुपको समेत साझेदारी रहेको छ। सरोकारवालाहरूले अन्तर्राष्ट्रिय स्तरका होटल ब्रान्डहरूको आगमनले नेपाललाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न, उच्चस्तरीय पर्यटन आकर्षित गर्न तथा रोजगारी र लगानी बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Leave Your Comment

Related News