काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतिरोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ थियो ।
यस दिन चाँदी भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।


