काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) लाई लक्षित गरेर NTTV (IPTV) ग्राहकहरूका लागि विशेष ‘FIFA World Cup 2026 TV प्याकेज घोषणा गरेको छ ।
विश्व खेलकुदको महाकुम्भ रूपमा चिनिने विश्वकपका रोमान्चक खेलहरू प्रत्यक्ष हेर्न चाहने सम्पूर्ण IPTV ग्राहकहरूले ९९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन्।
प्याकेज कसरी सुचारु गर्ने?
NTTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत ‘हिमालय स्पोर्ट्स’ (Himalaya Sports) च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन (Entry Screen) देखिनेछ। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि एउटा ओटीपी (OTP) कोड प्राप्त हुनेछ। सो ओटीपीलाई टिभी स्क्रिनमा राखेर (Enter गरेर) ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्तै सुचारु हुनेछ। यसका साथै, नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि यो प्याकेज सक्रिय गराउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
निःशुल्क बोनस प्याकेज
आगामी जेठ २६ देखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको Internet with Premium IPTV प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले यो ‘FIFA World Cup 2026 TV Package’ बोनसको रूपमा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन्। उक्त बोनस प्याकेज प्राप्त गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्नुपर्नेछ।
नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ। थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरू मार्फत सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।


