CLI

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री डा‍.स्वर्णिम वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड “द रिट्च कार्लटन” नेपाल भित्रिनु सुखद् भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले सो कुरा बताएका हुन्  ।

काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको छ  ।

भेटमा अर्थमन्त्री डा‍.वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद ब्यक्त गरेका छन्  ।

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए

‘तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ।,’ अर्थमन्त्री वाग्लेले भने ,‘यसले नेपालको पर्यटनलाई अर्को उचाई दिनसक्छ ।’

Leave Your Comment

Related News