काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले पुनलाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय भएको जनाएको छ।
प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको मन्त्रिपरिषद्मा प्रवेशलाई सरकारको प्रविधिमैत्री नीतिसँग जोडेर हेरिएको छ।
पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।
त्यसपछि उनले निर्वाचनमा सहभागी हुन मन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनको उम्मेदवारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेको थियो।


