काठमाडौं । भिभोले आफ्नो नयाँ समर सरप्राईज क्याम्पेन सार्वजनिक गरेको छ । जेष्ठ २५ देखि असार २३ सम्म सञ्चालन हुने यस क्याम्पेनले ग्राहकहरूलाई तत्कालै आकर्षक उपहार जित्ने अवसरका साथै मेगा लक्की ड्र मार्फत विशेष पुरस्कार जित्ने अवसर पाउनेछन्।
अभियान अवधिभर नेपालभरका अधिकृत रिटेल आउटलेटहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्नुका साथै स्वतः मेगा लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन्। ग्राण्ड प्राइजहरूमा भिभो वाई ३१ डि, भिभो भि ७० एफ ई र ५५ इन्चको स्मार्ट टिभी समावेश छन्, जसले आगामी फुटबल विश्वकप हेर्ने ग्राहकहरुको अनुभवलाई अझ रोमाञ्चक बनाउन सक्छ ।
अभियानबारे बोल्दै, भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनाल भन्छन् ः
“भिभोमा हामी निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । ‘भिभो समर सरप्राईज’ अभियान मार्फत हामी आफ्ना ग्राहकहरूलाई आकर्षक उपहार तथा विशेष पुरस्कार जित्ने अवसर प्रदान गर्दै उनीहरूको स्मार्टफोन अनुभवलाई अझ उत्साहजनक बनाउन चाहन्छौं।”
वर्षौंदेखि, भिभोले नवीनतम डिजाइन, उन्नत क्यामेरा प्रविधि, र भरपर्दो स्मार्टफोन अनुभवमार्फत नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आईरहेको छ । ‘भिभो समर सरप्राईज’ क्याम्पेनले देशभरका ग्राहकहरूमा उत्साह र भ्यालु एड गर्ने ब्रान्डको प्रतिबद्धतालाई अझ सुदृढ पार्दछ ।
ग्राहकहरूले जेष्ठ २५ देखि असार २३ सम्म आफ्नो नजिकको आधिकारिक भिभोे रिटेल आउटलेटमा गई क्याम्पेनमा सहभागी हुन तथा आकर्षक पुरस्कार जित्ने अवसरको लाभ लिन सक्नुहुन्छ ।


