CLI

सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लामो समयदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक सञ्चालनको वातावरण बनाउन सङ्कल्प प्रस्ताव पारित गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले सदनमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न सबै दल एकमत हुनुपर्ने आवश्यकता औँल्याए। उनले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको उल्लेख गर्दै त्यस विषयलाई समाधान गरेर संसद्को कामकारबाही अघि बढाउन आग्रह गरे।

नियमावलीको दफा ७९ ९१० को ९ग० अनुसार सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै उनले गत वैशाख १९ गते प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने माग गरे।

साम्पाङले आगामी दिनमा मन्त्री तथा सांसदहरूले राष्ट्रहितविपरीत हुने अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न र सबै जनप्रतिनिधिले देशको पक्षमा सन्देश दिने प्रतिबद्धता जनाउनुपर्ने बताए।

उनले उक्त सङ्कल्प प्रस्ताव पारित गरेर मात्रै सदनको अवरोध अन्त्य गर्न सकिने धारणा राख्दै अन्यथा जनतामाझ जान कठिन हुने चेतावनी दिए। संसद्को गतिरोध अन्त्य गरी विधायिकी कामलाई निरन्तरता दिन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

Leave Your Comment

Related News