RE
Global College

३७ खर्ब ४ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो ।

प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८२ बैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब  ५५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा बैशाख मसान्तसम्म २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा पनि उल्लेख्य रूपमा बढेको छ।

२०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति बैशाख मसान्तसम्म ३६.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि उच्च दरले बढेको छ। नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ बैशाख मसान्तसम्म ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड पुगेको छ।

२०८२ बैशाख मसान्तसम्म कायम रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

NECO

Leave Your Comment

Related News