CLI

हिमालयन रिइन्स्योरेन्स ४ करोड ४३ लाख रुपैयाँ घाटामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले  चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म वित्ती विवरण सार्वचनक गरेको छ विवरण अनुसार कम्पनी घाटामा रहेको छ ।

कम्पनी ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ घाटामा रहेको छ । गत आवको सोही अवधिमा करिब १ अर्ब रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा भने घाटा व्यहोर्नु परेको हो ।

यस अवधिमा कम्पनीको व्यापार सामान्य रुपमा घटेको देखिन्छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ संकलन भएको थियो । कम्पनीको डाइरेक्स इनकम ९८ करोडबाट ५७ करोडमा झरेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

१० अर्ब ८६ करोड चुँक्ता पूँजी भएको कम्पनीले हालसम्म १२ अर्ब ३७ करोड रुपैयाँ दिर्घकालका लागि र ४ अर्ब ९१ करोड अल्पकालका लागि लगानी गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १२.६८ रुपैयाँबाट घटेर ०.५४ रूपैयाँले ऋणात्मक रहेको छ ।

Leave Your Comment

Related News