काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलमा सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए। मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। बाँडफाँडमा २ लाख ८७ हजार आवेदकले १०–१० कित्ताका दरले शेयर पाएका छन्।


