CLI

मोक्सी काठमाडौंमा डेभिड मेरियटको भ्रमण

काठमाडौं । हालै होटल भ्रमणका क्रममा आएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष  डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस भएको बताएको छ । उनको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति मेरियट इन्टरनेशनलले दिँदै आएको महत्वको ज्वलन्त उदाहरण पनि हो।

 मेरियटसँगै मेरियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टीम पनि उपस्थित थिए। टीममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष  राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत (Chief Operating Officer)  निराज गोविल, एशिया प्यासिफिकका प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत (Chief Lodging Product & Services Officer)  क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष  किरण एन्डिकोट, एनआईबीएन (NIBN)का मार्केट उपाध्यक्ष  अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक  दिलप्रीत सिंह बिन्द्रा सहभागी थिए।
प्रतिनिधिमण्डललाई मोक्सी काठमाडौंको टीमले न्यानो र जोशिलो स्वागत गरेको थियो, जसले मोक्सी ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र आतिथ्य संस्कृतिलाई झल्काएको थियो। स्वागत कार्यक्रमलाई अझ विशेष बनाउन टीमले आकर्षक फ्ल्यास मोब प्रस्तुति समेत प्रदर्शन गरेको थियो, जसले मोक्सीको रमाइलो र ऊर्जावान पहिचानलाई जीवन्त बनाउँदै अतिथिहरूका लागि अविस्मरणीय स्वागत अनुभव सिर्जना गरेको थियो।
स्वागत समारोहपछि मोक्सी काठमाडौंका क्याप्टेन  सुवर्ण थापासँगै  मेरियटले होटलको अवलोकन गरे। भ्रमणका क्रममा उनले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा तथा विशिष्ट अतिथि अनुभवहरूको जानकारी लिए, जसले मोक्सी काठमाडौंलाई नेपालको आतिथ्य क्षेत्रमा अग्रणी लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गरेको छ।
यस भ्रमणले बोल्ड, आकर्षक र स्मरणीय अनुभव प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ।  मेरियटलाई आतिथ्यता प्रदान गर्दै होटलको दृष्टिकोण, उपलब्धि तथा नयाँ पुस्ताका यात्रुहरूका लागि आतिथ्य सेवाको नयाँ परिभाषा स्थापित गर्ने प्रयासहरू प्रस्तुत गर्न पाउनु टीमका लागि विशेष अवसर बनेको थियो।
मोक्सी काठमाडौंले आगामी दिनमा पनि जीवन्त र अविस्मरणीय अनुभवहरू सिर्जना गर्दै नेपालमा मेरियट इन्टरनेशनलको उपस्थितिलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

Leave Your Comment

Related News