CLI

२.५७ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक (नेप्से) २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको बन्द भएको छ । ३५६ वटा कम्पनीको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जुन मंगलबारको तुलनामा २ अर्ब १४ करोड ५७ लाख रुपैयाँले बढी हो । मंगलबार कारोबार रकम ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ थियो ।

त्यसतै,  सेन्सेटिभ इन्डेक्स ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०७ अंकले घटेको हो । फोल्ट इन्डेक्स भने  ०.१२ अंकले बढेको छ  ।

यस दिनन ६ वटा उप समूह बढेका छन् भने ६ वटा घटेका छन् । बैंकिङ भने स्थिर रहेको छ । विकास बैंक ०.२१, वित्त ०.०८, होटल्स तथा पर्यटन समूह ०.५४, जलविद्युत ०.६५, उत्पादन र प्रशोधन ०.१८ र म्युअुचल फण्ड ०.०१ प्रतिशतले बढेको छ ।

लगानी ०.०८, जीवन बीमा ०.३२, लघुवित्त ०.००, निर्जीवन बीमा ०.२४, अन्य समूह ०.०३  र व्यापार समूह ०.४३ प्रतिशतले घटेका छन् ।

यस दिन तीन स्टकको १५ प्रतिशतले बढेको छ। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै,  सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको  २० करोड ४१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने सिटि होटलको करिब साढे १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

 

Leave Your Comment

Related News