CLI

निश्चित ब्याच बाहेकको करेन्ट चाउचाउ प्रयोग गर्न एसोदा फुड्सको उपभोक्तालाई अपिल

काठमाडौं । यशोधा फुड्स प्रा.लि.ले बजारमा ल्याएका  करेन्ट चाउचाउको   एक ब्याचबाहेक सम्पूर्ण ‘करेन्ट चाउचाउ’ उपभोगका लागि पूर्ण रूपमा योग्य र सुरक्षित रहेको बताउदै  प्रयोग गर्न अपिल गरेको   छ । कम्पनीले एक सूचना जारी गर्दै उपभोक्ता, विक्रेता तथा अधिकृत बिक्रेतालाइ  ढुक्क भएर कारोबार र  उपभोग गर्न आग्रह गरेको हो ।

यसोदा फुड्सले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नियमित परीक्षण र सूचनालाई  आत्मसाथ गर्दै   तोकिएको मापदणड पुरा गरेर बजारमा चाउचाउ पठाइएको बताएको छ ।  कम्पनीले नागरिकको  स्वास्थ्य र सरकारले तोकेको  गुणस्तरप्रति  प्रतिबद्ध रहेको पनि जिकिर गरेको छ ।

एसोदा फुड्सको नाममा जारि  विज्ञप्ति अनुसार  ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६\०२\२३-०४ए मा मात्र प्राविधिक समस्या देखिएको र बाँकी ब्याच र समयमा उत्पादिन  चाउचाउ उपभोगका लागि पूर्ण सुरक्षित  र योग्य रहेको  दाबी गर्दै उपभोतालाइ निश्चिन्त भएर प्रयोग गर्न भनेको छ ।

कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ  “उक्त एउटा निश्चित ब्याचबाहेक बजारमा रहेका करेन्टका अन्य सम्पूर्ण उत्पादनहरू खाद्य मापदण्ड अनुकूल रहेकाले उपभोक्ता र विक्रेताहरूले बिना कुनै हिचकिचाहट निर्वाध रूपमा उपभोग तथा बिक्री वितरण गर्न सक्नुहुनेछ,”

Leave Your Comment

Related News