CLI

युनाइटेड अजोडको अवितरित सेयर लिलाम बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्दा बिक्री नभएका हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीको संस्थापक समूह तर्फको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण तर्फको ६ हजार ६३३ कित्ता सेयरका लागि बोलपत्र आवेदन माग गरेको हो । यो सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले असार ८ गते भित्र आवेदन दिनु पर्ने छ ।

यो सेयरको बोलपत्र फारम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, लक्ष्मी सनराइ बैंकका शाखा कार्यालयहरु : कोशी प्रदेशः विराटनगर–हनुमानदास सडक मधेश प्रदेशः वीरगन्ज– आदर्शनगर, जनकपुर–भानुचोक बागमती प्रदेशः हेटौंडा – पारिजात पथ, नारायणघाट– बालकुमारी चोक गण्डकी प्रदेशः पोखरा– न्युरोड लुम्बिनी प्रदेशः बुटवल–मिलन चोक, नेपालगन्ज–न्युरोड कर्णाली प्रदेशः वीरेन्द्रनगर–वीरेन्द्रचोक सुदुरपश्चिम प्रदेशः धनगढी – शहीद गेट शाखामा आवेदन दिन सकिने छ ।

Leave Your Comment

Related News