काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को उपाध्क्ष सहित ४ जना परिषद् सदस्य नियुक्त भएका छन् । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले नियुक्ति पाएका छन् भने नियक्त हुने चार जना बोर्ड सदस्यमा टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् । उनीहरुलाइ शिक्षा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त श्रेष्ठ लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठ नेपाली खेलकुद क्षेत्रको मुख्य जिम्मेवारीमा पुगेका हुन् ।
नवनियुक्त बोर्ड सदस्यहरुलाइ बिभिन्न खेलको बिधागतरुपमा नियक्त गरेको मन्त्रालयले उल्लेख गरेको छ ।


