काठमाडौं । बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यवासायी महासंघका अनुसार सुन प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको छ ।बजारमा सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरेहको छ । बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँ थियो ।


